दीप श्रेष्ठले पोखरामा गाउने
पोखरा, १२ फागुन ।
बितेका कुराले केही चोट लाग्दा.....,हर रात सपनीमा ऐठन हुन्छ......,भन्थिन उनी मेरी.. कति कमजोर रहेछ भाग्य... जस्ता लोकप्रिय गीतका गायक दीप श्रेष्ठ पोखरेली शुभेच्छुकमाझ आउने भएका छन् । लायन्स क्लव अफ पोखरा लेकसिटीले उनलाई पोखरेली शुभेच्छुकमाझ ल्याउने भएको हो । क्लवको आयोजनामा यही फागुन १६ गते साँझ ६ बजे पोखरा सभागहृमा श्रेष्ठ २ दर्जनभन्दा बढी गीत लिएर उपस्थित हुने कार्यक्रम संयोजक कृष्णमोहन श्रेष्ठल जानकारी दिए । कार्यक्रमबाट संकलित रकम सामाजिक सेवामा खर्च गरिने जानकारी दिँदै उनले सोही प्रयोजनको लागि यो कार्यक्रमको नारा नै ‘हामीबाट हाम्रै लागि’ राखिएको उनले जनाए ।
सन् १९९४ मा स्थापना भएको लायन्स क्लव अफ पोखरा लेकसिटी स्थापनाको दृष्टिकोणले पोखराको चौथो क्लव हो । क्लवले सामाजिक सेवाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै क्लवका पूर्व अध्यक्ष दिपक श्रेष्ठले लायन्स क्लवको डिष्ट्रिक्ट गभर्नरको नेतृत्व समेत सम्हालेको क्लवका अध्यक्ष रुद्र मल्लले जनाए । उनले दीप श्रेष्ठ साँझ अविश्वरणीय बनाउन कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरे ।

No comments:
Post a Comment