ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नु पर्नेमा जोड
कास्की । चैत ९ गते
ज्येष्ठ नागरिक संघले पोखरामा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नु पर्नेमा जोड दिएका छन् ।
संघको प्रथम साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष डा. गौरीशंकरलाल दासले ज्येष्ठ नागरिकहरुको अवस्था नाजुक भएकाले उनीहरुको अधिकार सुनिश्चितताको लागि प्रभावकारी कानुन निर्माण गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । वृद्धवृद्धाको सम्मान, संरक्षण र सेवा नै ठूलो धर्म हो, उनले भने, घरपरिवार, समाज र राज्यबाटै ज्येष्ठ नागरिक अपहेलित र अपमानित हुनु दुःखको कुरा हो ।
महासंघका केन्द्रीय महासचिव छत्र प्रधानले ज्येष्ठ नागरिकहरुको समस्या समाधानको लागि राज्यले नै सम्बोधन नगरेको गुनासो गर्दै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिक संघ ४८ जिल्लामा गठन भइसकेको र सन् २०१३ भित्र ७५ ओटै जिल्लामा गठन गरिने बताए । महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत पूर्ण श्रेष्ठले घरपरिवार र समाजले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्नेमा जोड दिदै त्यागको भावनाका साथ ज्येष्ठ नागरिकको सेवा गर्नु पर्ने बताईन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बरालले सामाजिक संरचना र संस्कारमा आएको परिवर्तनका कारण ज्येष्ठ नागरिकहरु समस्यामा परेको बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको ग्यारेण्टी राज्यले गर्नु पर्नेमा जोड दिदै यसप्रति संगठित रुपमा आवाज बुलन्द पार्नु पर्ने बताए । ज्येष्ठ नागरिक संघका सल्लाहकार तथा अधिवक्ता तिलक पराजुलीले मुलुकको आर्थिक, सामाजिक र प्रभावकारी कानुनको अभावमा ज्येष्ठ नागरिकहरु अधिकारबाट बञ्चित भएको भन्दै ज्येष्ठ नागरिकको समस्या भएमा कानुन व्यवसायीले निःशुल्क रुपमा बहस गर्ने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत बोधराज सुवेदीले जनस्वास्थ्य कार्यालयले ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधी उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष हरिकिरण ओझाले घरपरिवारलाई ज्येष्ठ नागरिकप्रति जिम्मेवार बनाई उनीहरुको पहुँच बढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा सशस्त्र प्रहरी बल कालिका गणका गणपति शम्भु उप्रेती, अग्रज पत्रकार कुसुमकेशव पराजुली, ज्येष्ठ नागरिक संघका सल्लाहकार ईञ्जिनियर लेखबहादुर गुरुङ, नौलोघुम्तीका अध्यक्ष पदम पहारी, सुर्यचन्द्र विकास समाजका लक्ष्मण कोइराला, नेफान कास्की विनोद त्रिपाठी, इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापा, पूर्व शिक्षक कमलमणि पौडेल लगायतले बोलेका थिए । संघका अध्यक्ष वसन्त केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य भवे सार्कीले स्वागत मन्तव्य र सचिव कृष्णप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त अवसरमा पोखरा वृद्धाश्रमलाई सर्वस्व सहित १३ रोपनी जग्गादान गर्ने दाता निर्मल पोखरी गाविस–१ की सरस्वती भण्डारीलाई सम्मान गरिएको थियो । साथै उक्त साधारण सभाले वसन्तकेशव पराजुलीको अध्यक्ष रहेको तदर्थ समितिलाई नै आगामी तीन वर्षे कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको छ ।

No comments:
Post a Comment