पर्वतिय खेलकुद महोत्सव अन्तर्गत पोखरामा शनिवारदेखि गल्फ प्रतियोगिता हुने
चैत्र ९,पोखरा
पर्वतिय खेलकुद महोत्सव अन्तर्गत शनिवार देखि पोखरामा तेश्रो सूर्य नेपाल एम्योचर गल्फ च्याम्पियनशिप शुरु हुने भएको छ । नेपाल गल्फ संघको आयोजना, सूर्य नेपाल प्रालिको मुख्य प्रायोजन तथा वेष्ट्रन युनियन मनि ट्रान्सफरको सह–प्रायोजनमा उक्त प्रतियोगिता हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चैत्र १२ गते सम्म हिमालयन गल्फ कोर्षमा हुने सो प्रतियोगितामा टिम तथा सिंगल इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव टासि घलेले जानकारी दिए । टिम इभेण्टतर्फ भारत, बंगलादेश र नेपालबाट दुई–दुई टिम तथा श्रीलंका र भुटानबाट एक एक गरि आठ टिमको सहभागिता रहने छ । सिंगलतर्फ कोरियाका ३ जना, भारतका १ जना, नेपालका ३० जना तथा अन्य गरि झण्डै ५० खेलाडीको सहभागिता रहनेपनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । टिम इभेण्टमा भाग लिएका खेलाडीहरुले पनि सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सहभागि खेलाडीहरुविच शनिवार मैत्रिपूर्ण खेल हुने छ भने आइतबारदेखि प्रतियोगितात्मक रुपमा खेल हुने छ । टिम र सिंगलतर्फका विजेता खेलाडीहरुले ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मि प्रसाद गुरुङ्गले सो अवसरमा जानकारी दिए ।

No comments:
Post a Comment