Wednesday, March 27, 2013


निर्वाचन आयोगले कार्यदलसँग छलफल गर्ने
काठमाडौं, चैत १४
 निर्वाचन आयोगले चुनावका लागि आवश्यक ऐन, कानून निर्माणका लागि मुख्य दलले गठन गरेको कार्यदलसँग छलफल गर्ने भएको । ऐन कानूनको अभावमा चुनावको मिति निर्धारण गर्न नसकिएको भन्दै आयोगले भोली तीन दल मधेसी मोर्चाले सहमतिको दस्तावेज तयार गर्न गठित सदस्सीय कार्यदलसँग छलफल गर्न लागेको हो । चुनावी सरकार गठन भएर निर्वाचन आयोगले पनि पूर्णता पाए पनि अझै चुनावको मिति निर्धारण हुन सकेको छैन उज्यालो अनलाइनसँग कुरा गर्दै निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्गले संविधानसभा सदस्य ऐन, निर्वाचन ऐन निर्वाचन आयोग ऐनको अभावमा चुनावको मिति अन्यौलमा परेको बताउनुभयो

आयोगको चुनावी तयारी उसको सुझावका आधारमा सरकारले मिति तोक्ने त्यसअघि नै एक दुई दिनमै समग्र विषयमा सबैदलसँग छलफलको तयारी भएको आयोगले जनाएको
आयोगका प्रवक्ता अनिल कुमार ठाकुरका अनुसार मतदाता नामावली संकलनमा ठाउँ ठाउँमा नेकपा माओवादीले गरेको अवरोधले पनि चुनावको मिति तोक्न ढिलाई भएको नागरिकता नभएका नागरिकलाई नागरिकता वितरणमा भएको ढिलाईले पनि चुनाव अझै अन्यौलमा परेको । तीन दल मधेसी मोर्चाबीच भएको सहमती अनुसार निर्वाचन आयोगसँगको समन्वयमा गृहमन्त्रालयले देशभर टोलि खटाएर नागरिकता वितरण गर्ने सहमती भएको थियो तर त्यो काम अझै शुरु हुन सकेको छैन 

No comments:

Post a Comment