पाल्पाली समाजको होली उल्लासमय
पोखरा, चैत १४
पाल्पाली समाज पोखराले होली पर्व हर्षोेल्लास साथ मनाएको छ । शन्ति, सद्भाव तथा भातृत्वको विकास गर्ने उद्देश्यले आयोजना गरिएको होली विशेष कार्यक्रममा पाल्पालीहरुको उत्साहजनक सहभागिता रहेको पाल्पाली समाज पोखराका अध्यक्ष नारायण प्रसाद पौडेलले बताए । फागु पूर्णिमाको अवसरमा होली विशेष घरदैलो कार्यक्रममा शुभकामना आदानप्रदान, सद्भाव तथा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । समाजले विगतका बर्षदेखी होली विशेष कार्यक्रमलाई निरन्तरता दिदैँ आएको बताइएको छ । स्थायी घर पाल्पा भएपनि पोखरामा विभिन्न क्षेत्रमा बसोबास गर्ने पाल्पालीहरुकै घर आगँनमा होली विशेष कार्यक्रममा पाल्पाली कलाकारहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । नेपाली कला संस्कृतिको संरक्षण र जर्गेना गर्नकै लागी मौलिक पहिचान झल्कने सास्कृतिक कार्यक्रम गरी होली मनाएको पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष एवं होली कार्यक्रम संयोजक बाबुराम खनालले जानकारी दिए ।
No comments:
Post a Comment