Friday, March 29, 2013


कैलालीमा मतदाता नामावली संकलनमा अवरोध
धनगढी, चैत १६
निर्वाचन विथोल्ने धम्की दिदै आएको वैद्य पक्षधर नेकपामाओवादीले कैलालीका तीन गाविसमा फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध गरेको
कैलालीको चुहा, दरख थापापुर गाविसमा माओवादीले फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध गरेको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको
चुहा गाविसमा खेमराज भण्डारीको नेतृत्वमा निर्वाचनको टोली खटिएको भएपनि काम नगर्नु भनेर माओवादी कार्यकर्ताहरुले धम्काएका छन्
गैर राजनीतिक दलको नेतृत्वमा संविधानसभाको निर्वान हुन नदिने भन्दै नेकपा माओवादीले देशैभरी मतदाता नामावली संकलनमा अवरोध गर्दै आएको

पार्टीको केन्द्रीय निर्णय अनुसार फोटो सहितको मतदाता नामावली संकलनमा रोक लगाएको नेकपामाओवादीका चुहा बलिया गाविस सचिव ध्रुव संज्यायले स्वीकार गर्नुभयो
उहाँले मतदाता नामावली संकलनमा पहिलो दिन चेतावनी स्वरुप आग्रह गरेको नमाने जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो
माओवादी कार्यकर्ताहरुले धम्की दिएपनि सुरक्षा घेरामा भने मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको

No comments:

Post a Comment