सूचनाको हक कार्यान्वयनमा सरकार उदासिन :
विज्ञ
काठमाडौं, चैत १६ –
सूचनाको हक कार्यान्वयनमा प्रमुख पक्ष सरकार नै उदासिन भएको सूचना सरोकारवालाहरुले बताएका छन् ।शुक्रवार
राजधानीमा आयोजित सूचना
हक कार्यान्वयनमा सूचना
अधिकारीको भूमिका विषयक
अन्तक्र्रिया कार्यक्रममा बोल्दै
उनीहरुले संविधानमै मौलिक
हकको रुपमा सुरक्षित सूचनाको
हक कार्यान्वयनको स्वामित्व
सरकारले लिन नसकेको आरोप
लगाए
।सञ्चार अध्ययन
केन्द्र, मदन भण्डारी कलेजले
आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा
बोल्दै सूचना आयोगका कार्यवाहक
प्रमुख आयुक्त श्री
आचार्यले सरकारका मन्त्रीदेखि
गाविस सचिवसम्मले सूचनाको
हकलाई आत्मसात गर्न
नसकेको बताउनुभयो ।‘सूचना हक सम्बन्धी
ऐनलाई सरकारको कर्मचारीतन्त्रले
आत्मसात गर्न सकेको छैन्।’ उहाँले
भन्नुभयो ‘सूचना आयोगले सूचना
सर्वाजानिक गर्न दिएको आदेश गाविस सचिवसम्मले मान्दैनन्
।
No comments:
Post a Comment