रिजर्भ पानी ट्याङ्की बनाउन छुट्टाएको जग्गामा प्रहरी चौकी
पोखरा, ११ चैत ।
खानेपानीको सहज उपलब्धताका लागी रिजर्भ पानी ट्याङ्की तथा फिट्रेशन प्लान्ट बनाउने भनेर छुट्टाएको स्थानमा प्रहरी चौकी बन्ने भएपछि लामाचौरका बासीहरु आन्दोलित हुने भएका छन् । लामाचौरस्थित अर्मला विसौनी पानी ट्याङ्की भएकै स्थानमा त्यहाँको नवआदर्श सामुदायिक विकास संस्थाले प्रहरी चौकी स्थापना गर्न लागेको हो । संस्थाका अध्यक्षले प्रहरीको बल प्रयोग गरेर सर्वसाधारणलाई मर्का पर्ने गरि स्थायी प्रहरी चौकी निर्माण गर्न लागेको भन्दै त्यहाँको टोल सुधार समितिले विरोध जनाएको हो ।
टोल सुधार समितिले सामुदायिक विकास संस्थाको चौकी बनाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालयमा मागपत्र पेश गर्ने, वृहत पत्रकार सम्मेलन सहित राजनीतिक दलहरुलाई जानकारी दिने, खानेपानी संस्थामा जानकारी दिने र यति गर्दा पनि चौकी निर्माण कार्य नरोकिएपछि शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
यसअघि लामाचौरमा नवआदर्श सामुदायिक सेवा संस्थाकै भवनमा प्रहरी चौकी रहेको थियो । यद्यपी संस्थालाई ठाउँ सानो भएकोले स्थायी रुपमै प्रहरी चौकी स्थानान्तरण गर्ने गरि हाल पानी ट्याङ्की भएको स्थानमा निर्माण कार्य अगाडी बढेको हो । त्यहाँका टोलबासीहरुले भने सामुदायिक विकास संस्थाका अध्यक्ष बुद्धीबहादुर खत्रीले प्रहरीको नाम पारेर पानी ट्याङ्की भएको जग्गा संस्थाको नाममा हडप्ने प्रयास गरेको आरोप लगाएका छन् ।
हाल विसौनी पानी ट्याङ्की भएको स्थानमा फिट्रेशन प्लान्ट बनाउने योजना सहित यसअघि नै त्यहाँका बासिन्दाहरु मन्त्रालयमा गैसकेका छन् । फिट्रेशन प्लान्टको लागी वजेट निकास हुने क्रममा छ ।
आन्दोलनमा रहेको टोल सुधार समितिले प्रेश विज्ञप्ती जारी गरेरै लामाचौरमा सामुदायिक विकास संस्थाले सरकारी जग्गाको दुरुपयोग गरि व्रम्हलुट गरेको आरोप समेत लगाएको छ । लामाचौरस्थित भण्डारीडहर र गण्डकी बोर्डिङ स्कुल अगाडी करिब ५ रोपनी जग्गा कब्जा गरि निर्माण भएको सामुदायिक भवनको सटर भाडा समेत संस्थाले अपारदर्शी रुपले खाँदै आएको उनीहरुको आरोप छ । टोल सुधार समितिले सामुदायिक विकास संस्थालाई कारबाहिको माग समेत अगाडी सारेका छन् ।
No comments:
Post a Comment