अझै टुंगो लागेन माओवादीको केन्द्रीय समिति
एकीकृत नेकपा माओवादीले महाधिवेशन आयोजक समितिका सदस्यसँग छलफल गरेपछि मात्रै केन्द्रीय समितिमा रहने नेताहरुको टुंगो लगाउने भएको छ ।
त्यसका लागि एकीकृत नेकपा माओवादीले आइतबार महाधिवेशन आयोजक समितिका सदस्य सहित केन्द्रीय समितिको बैठक बोलाएको छ
।
शनिबार बसेको बैठकले केन्द्रीय समितिमा रहने नेताहरुको टुंगो लगाउनुअघि पुराना नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ । एकीकृत माओवादीले पूर्ण १ सय ५१ सहित ३ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।
तर त्यसका लागि आकांक्षी धेरै देखिएका छन् भने तराइ मधेशबाट मात्रै ५० जनालाई लैजानुपर्ने दबाब छ । एकीकृत माओवादीको महाधिवेशन आयोजक समिति २ सय ३८ सदस्यीय थियो ।
No comments:
Post a Comment