होली कसरी खेल्दै हुनुहुन्छ ?
फेरी फँसिएला है !होलीले रगत क्यान्सरको खतरा
रेम बिक
पोखरा, १२ चैत ।
रंगहरुसंग खेल्ने र रमाउने पर्व भएपनि पछिल्लो समयमा होलीले आफ्नो रंगलाई फेर्दै गएको छ । केहि उग्र र अभद्र तरिकाले मनाउने चलन बढेपछि होली पर्वको रंग बिस्तारै धमिलिँदै गएको छ । जबरजस्ती रंग लगाईदिने, फोहोर पानी भरिएको पिचकारी र लोला हान्ने जस्ता क्रियाकलापले गर्दा होली पर्व मान्ने तरिका नै अव्यवस्थित र अभद्र हुँदै गईरहेको छ ।
अभद्र क्रियाकलाप बढ्दै जाँदा होली खेल्न मानिसहरुले असुरक्षित महशुस गर्न थालेपछि कास्कीमा प्रहरीले होलीको दिनमा विशेष सुरक्षा अपनाउने भएको छ । होलीको दिनलाई लक्षित गर्दै प्रहरीले यसपाली होलीको दिनमा पाँच सय भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गर्ने जानकारी दिएको छ । होलीकै लागी प्रहरीले १ सय ५० जना थप सुरक्षाकर्मीहरु परिचालन गर्न लागेको हो । ‘होलीमा असभ्य र अभद्र पाराले रंग खेल्नेहरुलाई छुट हुनेछैन ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काले भने–‘सभ्य पाराले भाईचाराको विकास गर्दै होली खेल्न भने छुट छ ।’ होलीमा हुन सक्ने अभद्र र जथाभावी क्रियाकलापलाई मध्येनजर गर्दैै कास्की प्रहरीले पोखराको पृथ्वीचोक, महेन्द्रपुल, ट्याक्सीचोक, अमरसिंहचोक लगाएतका स्थानहरुमा ईन्सपेक्टरको नेतृत्वमा रिजर्भ टोली राख्ने भएको छ । ८ वटा मोबाईल भ्यान टोली पनि होलीको दिनभर खट्नेछ भने जिल्ला प्रशासनबाट पनि अनुगमन टोली खटिनेछ । विशेष गरि होलीमा मादक पदार्थ सेवन गरेर हेलमेट नलाई होहल्ला गरेर सवारी साधन चलाउने युवापुस्ताहरु बढि हुने भएकोले प्रहरीले दिउँसै मापसे चेकिङ समेत गर्ने डिएसपी खड्काले जानकारी दिए । पछिल्लो समयमा विभिन्न खाले रंग, गाडीको तेलको कालो, अलकत्रा, कुहिएको अण्डा, तरकारी, फोहोर पानी जस्ता मानिसको छाला र स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने तरिकाले होली विकसित भैरहेको छ । त्यसबाहेक अश्लिल शब्दहरुको प्रयोगका साथै विवाद, वैरभाव थप्ने क्रियाकलाप पनि बढ्दै गएको छ । ‘ईच्छा बिपरित जबरजस्ती गरी होली खेल्नेलाई तत्काल कारबाहि गर्नसक्ने जनशक्ति खटाईनेछ ।’ डिएसपी खड्काले भने–‘र, होलीको निहुँमा झैझगडा गर्नेहरुलाई पनि छोडिनेछैन ।’ विशेष गरि युवाहरुको जमातले युवतीहरुलाई जबरजस्ती अबिर लाईदिने, लोला हान्ने र हातपात समेत गर्ने गरेका छन् । परापुर्वकालमा हिरण्यकश्यपुका पुत्र भक्त प्रल्हादले अग्नीले जलाउन नसक्ने बरदान पाएकी राक्षेसी प्रबृत्तिकी होलीकालाई भष्म गरेको खुसियालीमा होली पर्व मनाईने गरेको परम्परा पाईन्छ । त्यस्तै असत्यको माथि सत्यको विजय भएको तथा अन्नवाली अन्तर्गतका गेडागुडी उत्पादन हुने समय भएकोले पहिलो बाली भगवानलाई हवन गरी निस्केको खरानी भष्मधारण गर्ने प्रचलन समेत रहेको पाईन्छ । होली पर्वको अवसरमा पोखरामा भोलि बिभिन्न संघ सस्थाहरुले सामुहिक होली पर्वमा मनाउने भएका छन् । होलीमा प्रयोग हुने रंगहरुमा धातु तथा अम्ल लगाएतका हानिकारक पदार्थ मिसाईएको पाईएको छ । यस्ता रंगको प्रयोगले गर्दा रगतको क्यान्सर सम्म हुने विज्ञहरुले बताएका छन् । बजारमा पछिल्लो समय कमसल र रसायन मिसाएको रंगको विक्रिवितरण बढेसंगै विज्ञहरुले यस्तो खाले खतरा औँल्याएका हुन् । रंगहरुको पर्व मानिने होली रंगहरु विना अधुरो नै हुन्छ । तर होलीमा लगाईने रंगले यस्तो खाले खतरा देखिएपछि विज्ञहरुले जस्तो पायो त्यस्तै रंगको प्रयोग नगर्न सर्वसाधारणहरुलाई सुझाएका छन् । बजारमा हर्बल रंगको कमी संगै विभिन्न खालका रसायनयुक्त रंगको प्रयोग बढ्न थालेको हो । पछिल्ला केहि वर्षका होलीहरुमा यस्तै रंगको अत्याधिक प्रयोग भएको पाईएको जानकारहरु बताउँछन् । यस्ता खाले हानिकारक रंगको प्रयोगले आँखा र छालामा समेत प्रत्यक्ष असर पु¥याउने विज्ञहरुको तर्क छ । विज्ञहरुका अनुसार यस्ता रंग आँखामापरेमा आँखा पोल्ने देखि लिएर अन्धोपन निम्त्याउने सम्म खतरा हुन्छ । साथ रंगमा हुने हानिकारक पदार्थले मानिसलाई पक्षघातको जोखिम समेत हुन्छ । यस्ता रंगले छालामा मात्र नभई भुलबश निलेको खण्डमा पेटमा पनि असर पु¥याउने विज्ञहरुको भनाई छ । यस्ता रंग पानी मार्फत सरिरभित्र प्रवेश गरेमा त्यो लामो समयसम्म शरिर भित्रै रहने तथा कोषहरुमा क्षती पु¥याउने संगै रक्त क्यान्स समेत गराउन सक्ने विज्ञहरुले बताएका छन् ।

No comments:
Post a Comment