गेसोको आपत्ति
पोखरा, चैत्र ११
संरक्षण गर्न नसकेको कारण देखाउँदै सरकारले बेलायतको लण्डन स्थित नेपाली राजदूतावासको भवन बिक्रि गर्न लागेको प्रति गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी गेसोले सरकारको सो निर्णय प्रति आपत्ति जनाएको हो ।
गेसोका केन्द्रिय अध्यक्ष पदम बहादुर गुरुङ्गले करिब ६० हजार भन्दा बढी गोर्खा सैनिकहरुको बलीदानको उच्च सम्मान गर्दै निशुल्क रुपमा दिईएको उक्त भवन संरक्षण गर्न नसकेको बहानामा बिक्रि गर्नु ती ६० हजार बढी पुर्खाहरुको अपमान मात्र नभएर नेपाल र नेपालीको स्वाभिमान माथिको प्रहार भएको बताए । उनले पुर्खाहरुको बलिदानीको चिनोको रुपमा रहेको उक्त भवन नेपाल सरकार वा कुनै पनि राजनैतिकि दललाई बिक्रि गर्ने कुनै अधिकार नभएको बताए । भवन संरक्षण गर्न नसकेर भन्दा पनि यहाँका राजनैतिक दल र दलका नेता तथा कर्मचारीहरुले कमिसनको लोभमा बेच्न लागेको उनले आरोप लगाए । गुरुङ्गले कमिसनको लागि नेपालको अमूल्य ऐतिहासिक सम्पत्ति कुनै पनि हालतमा बिक्रि नगर्न आग्रह समेत गरेका छन् ।

No comments:
Post a Comment