एमेच्योर गल्फको उपाधि भारतीय गल्फरलाई
धन बस्नेत
पोखरा, १३ चैत
पोखरामा सम्पन्न एमेच्योर गल्फको शीर्ष तीन उपाधि विदेशिएको छ । भारतीय खेलाडी त्रिशुल सिन्नपा पोखराको हिमालयन गल्फ कोर्षमा सम्पन्न प्रतिस्पर्धामा उपाधि उचाल्दा नेपाली खेलाडी भने नेट ह्याण्डी क्याप तर्फको पुरस्कार तर्फ चिक्त बुझाएका छन् । सिन्नपाले दिनको खेलमा १० ओभर दुईसय २० को स्कोर बनाउँदै उपाधि जितेका हुन् ।
श्रीलंकाका खेलाडी अरुण मुकम मासनमले छ स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा चित्त बुझाए । उनले अन्तिम दिनसम्म आईपुग्दा १६ ओभर दुईसय २६ स्कोर बनाए । त्यसैगरी गरी दिल्ली गल्फ सोसाईटीका लखन सिंह तेस्रो स्थानमा रहेर प्रतियोगिता टुग्याए । उनले १९ ओभर दुईसय २९ स्कोर खेलेका थिए ।
भारतीय टोलीले तीनसय पाँच स्कोरसँगै उपाधि जित्न सफल बन्दा श्रीलंकाको टोली तीनसय सात अंकसँगै दोस्रो स्थानमा रह्यो । त्यसैगरी भारतको दिल्ली गल्फ सोसाईटी तीनसय सात अंकसँगै टाई खेलेर तेस्रो स्थानमा चिक्त बुझायो । नेट ह्याण्डी क्याप तर्फको प्रतिस्पर्धामा भने पोखरेली खेलाडी रमेश गुरुङ अगाडि रहे । उनले एक ओभर नेट खेल्दै दुईसय ११ स्कोरमा खेले । त्यस्तै दिनेश प्रजापतिले पनि सात ओभर नेट ह्याण्डी क्याप खेल्दै दुईसय १७ स्कोरमा रहेर दोस्रो स्थान जमाए भने पोखरेली खेलाडी शंकर बानिया आठ ओभर नेट खेल्दै दुई सय १८ स्कोरमा रहँदै प्रतियोगितालाई विट मारे । झण्डै ११ किलोमिटरको दुरी तय गरिने विश्वकै उत्कृष्ठ गल्फ कोर्षमा बुधबार विजेता खेलाडीलाई क्षेत्रीय प्रशासक सुमन शर्मा, नेपाल गल्फ संघका अध्यक्ष मधुकर यार्थुम्बा, पर्वतीय खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई लगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । पर्वतीय खेलकुद महासंघको आयोजनामा सञ्चालित प्रतियोगितामा सार्क राष्ट्रका ४७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

No comments:
Post a Comment