Monday, March 18, 2013

जनप्रिय क्याम्पसमा पत्रिकाको विमोचन


पोखरा, ५ चैत ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा बार्षिक पत्रिका विमोचन भएको छ । सो क्याम्पसमा मानविकी संकाय स्नातक तह तेस्रो बर्षका विद्यार्थीहरुको प्रयोगात्मक बार्षिक पत्रिका विमोचन भएको हो । पत्रिकाको विमोचन गर्दै जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख माधव घिमिरे ‘वियोगी’ ले विद्यार्थीहरुको कार्यको प्रशंसा सहित धन्यवाद व्यक्त गरे । उनले भने- ‘यो काम निकै सह्राहनिय छ, यसमा लाग्ने सम्पूर्ण विद्यार्थीहरुप्रति धन्यवाद व्यक्त नगरिरहन मिल्दैन ।’ उनले पत्रकारितालाई चौथो अंग भन्ने गरिएपनि देशको बर्तमान परिस्थितीमा पत्रकारिता पहिलो अंग नै बनेको बताए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख एवं विशेष अतिथी राजेन्द्र पौडेलले बर्तमान अवस्थामा पत्रकारिता निकै जटिल र चुनौतिपूर्ण भएपनि पत्रकारिता नै समाज रुपान्तरणको प्रमुख आधार भएको बताए । विशेष अतिथी एवं मानविकी संकायका प्रमुख तथा विषय शिक्षक वेदहरी तिमिल्सिनाले पत्रकारिता समाजका लागि महत्वपूर्ण र अपरिहार्य भएको बताउँदै विद्यार्थीहरुलाई पत्रकारितामा लाग्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा पत्रिकाको सम्पादन मण्डलकी सदस्य सरिता देवकोटाले शुभकामना मन्तव्य गरेकी थिईन् भने सोहि कार्यमुलक आवाज पत्रिकाका सम्पादक रामप्रसाद न्यौपानेले अनुभुति मन्तव्य व्यक्त गरका थिए । सो ‘कार्यमुलक आवाज’ पत्रिकाका प्रधान सम्पादक एवं आदर्श नेपाल राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नबराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सम्पादन मण्डलका सदस्य दिलु गुरुङले गरेकी थिइन् ।

No comments:

Post a Comment