पोखरा भैरबको पारिवारिक वनभोज सम्पन्न

पोखरा, ५ चैत ।
हामी सेवा गर्छौ भन्ने मूल मन्त्रका साथ डिसेम्बर २०१० मा भैरब मन्दिर
पोखरामा स्थापना गरिएको लायन्स क्लव अफ पोखरा भैरबको पारिवारिक वनभोज,
सम्मान र निर्वाचन सम्पन्न भएको छ । कार्कीडाँडा पोखरा १३ को स्वच्छ
वातावरण भएको मनोरम स्थलमा सम्पन्न पारिवारिक वनभोजमा डिष्ट्रिक ३२५ बी का
डिष्ट्रिक गभर्नर लायन दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न
कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण डिष्ट्रिकका पदाधिकारीहरुलाई खादा
लगाई स्वागत गरिएको कार्यक्रममा प्रमुख अतिथि लायन दीपक श्रेष्ठले
शब्दद्वारा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सदस्यहरुका
स्पाउस र छोराछोरीहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा म्युजिकल
चियर, घैंटो फुटाउने प्रतियोगिता, विङ्गो, पुरुष महिला र चिल्डे«न नृत्य
प्रतियोगिता समेत राखी मनोरन्जन गराइएको उक्त पारिवारिक वनभोजमा लायन राम
बस्याल, लायन सुरेन्द्रमान विजुक्छे, लायन सम्मरबहादुर श्रेष्ठ, लायन
नरेन्द्र कुमार श्रेष्ठ, लायन सन्जय कुमार श्रेष्ठ, लायन ज्ञानेन्द्र
प्रसाद मर्सानी, लायन रमेश कुमार बाटाजु, स्पाउस किरणदेवि विजुक्छे, विनोद
द्वाले पुरस्कार सौजन्य गर्नुभएको थियो ।
पोखरा भैरबलाई २०१३।१४
को लागि निर्वाचनमण्डलका संयोजक लायन तीर्थमान प्रधानाङ्गले नवनिर्वाचित
पदाधिकारीहरुको घोषणा गर्नुहुँदै डिष्ट्रिक गभर्नर लायन दीपक श्रेष्ठले
खादा लगाई बधाई दिनुभएको उक्त कार्यक्रममा २०६९ माघ, फागुन र चैत्र महिनामा
जन्मोत्सव परेका सदस्यहरुलाई खादा लगाई सम्मान समेत गरिएको थियो ।
२०१३/१४ को अध्यक्षमा लायन नरेन्द्रकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा लायन
सन्जयकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन ज्ञानेन्द्र प्रसाद
मर्सानी, तृतीय उपाध्यक्षमा लायन बुद्धबहादुर उदास ताम्राकार, सचिवमा लायन
हरिभक्त पौडेल, सहसचिवमा लायन मोति भुजेल, कोषाध्यक्षमा लायन श्याम मल्ल,
सहकोषाध्यक्षमा लायन कृष्ण मल्ल रहनुभएको छ ।
सो पारिवारिक वनभोज
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले पोखरा भैरवले स्थापनाको छोटो समयमा
लायनवादमा लागि पोखरा भैरवलाई चिनाउन धेरै राम्रा कार्यहरु गर्दै हामी सेवा
गर्छौ भन्ने मूल मन्त्रलाई आत्मसात राखी काम गरेकोमा २०१३।१४ का लागि
भर्खरै नवनिर्वाचित पदाधिकारीहरुले समेत राम्रो काम गर्नेमा आशावादी हुँदै
शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा डिष्ट्रिक टेजर लायन
टोपबहादुर थापा, सिनियर डिष्ट्रिक एडभाइजर लायन राम बस्याल, लायन शिव द्वा,
जोन चियरपर्शन लायन राजेन्द्रबहादुर प्रधान, लेकसिटीका पूर्व अध्यक्ष लायन
उत्तम बुद्धाचार्य, पोखरा भैरवका चार्टर प्रिसिडेन्ट लायन सुरेन्द्रमान
विजुक्छे, निर्वाचन समितिका संयोजक लायन तिर्थमान प्रधानाङ्ग लगायतका
वक्ताहरुले लायन्स के हो, हामीले गर्नुपर्ने कार्य के हो भन्ने भावना
अनुसार पोखरा भैरवले सामाजिक कार्यमा अग्रसर भएकोले पोखरा भैरबको अझ
प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लायन
नरेन्द्रकुमार श्रेष्ठले आफूल १३।१४ मा पोखरा भैरबमा अझ राम्रो योजना ल्याई
सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संयोजक लायन विनोद द्वाले स्वागत गर्नुहुँदै कार्यक्रमको विषयमा
जानकारी गराउनु भएको पारिवारिक वनभोज कायृक्रममा क्लवका अध्यक्ष
सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पारिवारिक वनभोजमा
उपस्थित भई सहयोग गर्नुहुने प्रमुख अतिथि, अतिथि, क्लवका सम्पूर्ण सहयोग
मित्रहरुलाई धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको संचालन सचिव लायन
बुद्धबहादुर उदास ताम्राकारले गर्नुभएको थियो ।
डन न्यूज
No comments:
Post a Comment