Monday, March 18, 2013

एन्फा कास्कीको कार्यप्रति होटल प्रतिनिधि समाजको आपत्ति


दिननाथ बराल
पोखरा, ५ चैत्र
एन्फा कास्कीले विधान विपरित कार्य गरेको भन्दै होटल प्रतिनिधि समाज पोखराले आपत्ति जनाएको छ । । हालै सम्पन्न भएको यस बर्षको रेड वुल एन्फा कास्की लिग फुटवल प्रतियोगितामा प्रोटेस (उजुरी) लागेको गार्डेन फुटवल क्लबलाई कार्बाही गरे पछि फाईनलमा पुगेको होटल प्रतिनिधि समाजलाई स्वतः जिल्ला विजेता घोषणा गर्नु पर्नेमा अन्य निर्णय गरेको भन्दै समाजका अध्यक्ष लक्ष्मण सुवेदीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आपत्ति जनाएका हुन् ।

हालै सम्पन्न भएको उक्त फाईनल खेलमा गार्डेनले समाजलाई १–० ले पराजित गरेको थियो । समाजले गार्डेन विरुद्ध सि डिभिजनका खेलाडी सुमन खड्कालाई खेलाएको भन्दै एन्फामा उजुरी हालेको थियो । अखिल नेपाल फुटवल संघले सुमन खड्का कंलकी नवज्योति क्लवबाट दर्ता भएकोले उक्त प्रतियोगितालाई नियमावली अनुसार गर्नु गराउनु भन्दै पौष २४ गते एन्फालाई पत्र पठाएको थियो । खेलको नियम अनुसार कुनै पनि टिम बिरुद्ध उजुरी परे पछि सो टीम बाहिरिदा अर्को टिमलाई जित भएको घोषणा गर्ने प्रावधान रहेको छ ।

विधान विपरीत खेलाएको भन्दै गार्डेनले प्रक्रिया पुरा गरी निवेदन दायर गरेपछि गार्डेन कार्वाहीमा परेको समाजका टिम व्याबस्थापक विकास थापाले बताए । उनले विधान अनुसार त्यसरी कार्वाहीमा परेको क्लब कम्तिमा एक बर्षसम्म निलम्बनमा पर्ने उल्लेख भए पनि एन्फा कास्कीले खासै कार्रबाही नगरेको बताए । व्याबस्थापक थापाले कार्वाहीमा परेको गार्डेनले अझैपनि कास्कीको तर्फबाट प्रतिनिधित्व जनाउँदै विभिन्न खेलहरुमा सहभागि भएको भन्दै कार्वाहीमा परेको गार्डेन त्यसरी कास्कीको प्रतिनिधि भएर खेल खेल्दा एन्फा कास्कीले विधान अनुसार चल्न नसकेको गुनासो गरे ।

थापाले भने एन्फा कास्कीका अध्यक्ष खेम बहादुर गुरुङले उल्टो हाम्रो टिमलाई अनुशासनहिन टिम भन्दै ५ दिन पछि हुन लागेको पश्चिमाञ्चल खेलमा समावेश गर्न नदिने धम्की दिएको आरोप लगाए । उनले एन्फा कास्कीमा विभिन्न प्रतियोगिता सञ्चालनार्थ भएका भ्रष्टचार भएकोले त्यसको सत्य तथ्य छानविन गर्न सम्बन्धित पक्षलाई अगा्रह गरे । हालै सम्पन्न भएको सफल कपमा डेढ लाख बराबरको टिकटको प्याड हराएको खुलासा गर्नुभयो ।
यता, एन्फा कास्कीका अध्यक्ष खेमबहादुर गुरुङले यस विषयमा समाजले एलजी एसोसियसनका खेलाडीहरु खेलाएको र फाईनल खेलमा विवाद भए पनि सहमतिमा खेल खेलेर उपविजेताको ट्रफि लियर गएकोले यसपालीको एन्फा जिल्ला लिगको फाईनल खेल नै रद्ध भएकोले समाजको स्थानमा गत बर्षको विजेता संगम क्लबलाई जिल्लाको प्रतिनिधि गर्न पठाउने निर्णय भएको बताए ।

चैत १० गतेदेखि क्षेत्रिय छनौट प्रतियोगिता हुदै छ । कास्कीबाट भने संगम क्लबले सहभागि जनाउने भए पनि क्लवले तयारी सुरु गरेको संगम क्लबका सचिव विवेक गुरुङले बताए । संगम क्लवका उपाध्यक्ष महेन्द्र गुरुङ मायाले आफुहरुलाई दुई दिन अघि मात्र एन्फाले क्षेत्रिय प्रतियोगितामा कास्कीबाट सहभागी हुन आग्रह गरे पछि आफुहरुका खेलाडीहरु हाल तयारीमा लागेको बताए । यस विषयमा एन्फाका महासचिव धिरेन्द्र प्रधानले नियमावली नै हेर्नु पर्ने भएकोले मंगलबार मात्र थप जानकारी दिने बताए ।

प्रथम सफल कप पश्चात एन्फाका महासचिव बसन्त थकाली र दोश्रो सफल कप सम्पन्न पश्चात बुद्धि खत्रिले पदबाट राजिनामा दिएका छन । एन्फाले खत्रिको राजिनामा स्वकृत नगरे पनि ओम बस्नेनेतलाई कार्यबाहक महासचिवमा चयन गरेको एन्फा कास्कीका अध्यक्ष गुरुङले बताए । एक पछि अर्को सचिवले राजिनामा दिएका छन नी भनी हामीले सोधेको प्रश्नमा अध्यक्ष गुरुङले महासचिवहरु कार्यव्यस्तताका कारण राजिनामा दिएको बताए ।

No comments:

Post a Comment