Saturday, March 23, 2013
पत्रकार महासंघको साधारणसभामा अवरुद्व बन्द सत्र सुरु ।
चैत्र १०
नेपाल पत्रकार महासंघको नवौ साधारणसभाअन्तर्गत अवरुद्व बन्द सत्र सुचारु भएको छ । बन्द सत्रमा अहिले महासचिव ओम शर्माले पेस गरेको राजनीतिक प्रतिवेदनको बारेमा छलफल भइरहेको छ । बिहान ९ बजेदेखि पोखरामा सुरु भएको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पारित नभइ कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्न थालिएकोभन्दै केही सहभागीहरुले विरोध र होहल्ला गरेपछि बन्द सत्र १५ मिनेटका लागि स्थगित गरिएको थियो । महासचिवको राजनीतिक प्रतिवेदन पारित भएपछि कोषाध्यक्ष सितल साहको आर्थिक प्रतिवेदनको बारेमा छलफल हुने छ । जारी बन्दसत्रमा आजै महासंघको विधान संशोधनको बारेमा पनि बन्द सत्रमा छलफल हुने छ । महासंघले आगामी कार्य समितिदेखि पदाधिकारीलाई बहुपदीय प्रणालीमा लैजाने गरी विधान संशोधनको तयारी भएको छ । यस्तै महासंघको आगामी कार्ययोजना र विगतको कामको मूल्यांकन गर्दै साधारणसभा आजै सक्ने तयारी भएको छ । साधारणसभामा देशभरबाट एक हजार प्रतिधिहरु सहभागी छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment