Saturday, March 23, 2013

सन्दर्भः शहिद शेखरनाथ सापकोटाको स्मृति दुबै माओवादीको छुट्टाछुट्टै स्मृतिसभाको आयोजना पोखरा, १० चैत । जनयुद्वका शहिद शेखर सापकोटको नबौं स्मृतिसभा थुमाको डांडा गाबिस ७, सिंदुरेचौरस्थित धुर्ब उच्चमाबिमा शुक्रबार सम्पन्न भएको छ । नेकपा–माओवादी कास्की क्षेत्र नं १ को आयोजनामा भएको स्मृतिसभामा प्रमुख अतिथि सो पार्टीका तमुवान राज्य ईञ्चार्ज श्रीनाथ अधिकारी र बिशेष अतिथिमा नेकपा–माओवादी कास्की क्षेत्र नं १ का सेक्रेटरी शिब खनाल रहेका थिए । नेकपा–माओवादी कास्की क्षेत्र नं १ का ईञ्चार्ज जगननाथ तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शहिद शेखरनाथ सापकोटाको जीवनीमाथि जीवनसंगिनी राधा सापकोटाले प्रकाश पारेकी थिइन । कार्यक्रममा शहिद सापकोटाका परिवारबाट स्थानीय सरस्वती प्रा.बि. र धुर्ब उच्चमाबिमा शैक्षिक सामग्री प्रदान गरिएको थियो । आगामी बर्षदेखि स्थानीय बिद्यालयहरुमा शैक्षिक सामग्रीहरु नियमित प्रदान गरिने शहिद सापकोटा परिवारले सो कार्यक्रममा प्रतिबद्वता जनाइएको थियो ।
२०५३ देखि नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्यका रुपमा भूमिगत रहेका सापकोटालाई २०६० चैतको ९ गते कास्कीको बिजय आर्वा गाबिसबाट पक्राउ गरि कालिकामा तत्कालीन शाही सेनाले हत्या गरेको थियो । त्यसैगरी, शहीद शेखर सापकोटाको नवौं स्मृति दिवस शुक्रबार बिहान एकीकृत ने.क.पा. (माओवादी) कास्कीको पार्टी कार्यालय शिवालय चोकमा एक कार्यक्रमका बीच सम्पन्न भएको थियो । ञएकीकृत ने.क.पा. (माओवादी) तमुवान राज्य सम्मेलन आयोजक समितिका सदस्य एवं कार्यालयका मूख्य सचिव लालमोहन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत माओवादी कास्कीका संयोजक झलकपाणि तिवारी, केन्द्रीय सल्लाहकार रामराज रेग्मी, राज्य सम्मेलन आयोजक समितिका सदस्यहरु अमर तमु, आसमान रोका, बखानसिंह तमु, गंगा पोखरेल, दुर्गा वि.क. लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै माओवादी कास्कीका संयोजक झलकपाणि तिवारीले सापकोटा नेपाली कम्युनिष्ट आन्दोलनका एक होनाहार योद्धा भएको बताए । शहीद शेखर सापकोटाको जीवनीको चर्चा गर्दै नेता तिवारीले भने–गणतन्त्र, संघीयता, राज्य पूनर्संरचना, संविधानसभा जस्ता जुन मुद्धाहरु नेपाली राजनीतिका केन्द्रीय मुद्दा बनेका छन्, त्यसको मूख्य जस शेखर लगायतका महान शहीदहरुलाई जान्छ । अर्को प्रसंगमा तिवारीले सापकोटा सर्वहारा मुक्ति आन्दोलनको लक्ष्यप्रति एक निष्ठावान्, समर्पित र क्रियाशील नेता भएको विचार व्यक्त गरे । कार्यक्रम शहीद परिवारको तर्फबाट गोमा सापकोटाले शहीद सापकोटाको जीवनीबारे चर्चा गरेका थिए । बि.सं. २०२६ सालमा कास्कीको थुमाकोडाँडा गाबिसमा जन्मिएका सापकोटाको २०६० साल चैत्र ९ गते शहादत भएको थिया

No comments:

Post a Comment