पर्यावरण व्यवस्थापन तथा स्थानिय विकाशका लागी युवाको प्रथम साधारण सभा सम्पन्न
पोखरा, चैत्र १०
पर्यावरण व्यवस्थापन तथा स्थानिय विकासका लागी युवा नामक संस्थाको आज पोखरामा प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले भोलानाथ अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी, सचिवमा पुकार गौतम, सह—सचिवमा दुर्गा प्रसाद खनाल, कोषाध्यक्षमा दधिराम देवकोटा र सदस्यहरुमा शान्ति श्री, डम्बर बहादुर भण्डारी, सञ्जय सुवेदी, यमनाथ अधिकारी, शुसिला परियार, दिपक गौतम निर्विरोध चयन भएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि हेमराज गिरीले संस्था जन्माउन मात्र ठुलो नभई त्यसलाई निरन्तरता दिनु ठुलो हुने बताएका थिए । कार्यक्रममा संस्थाका सचिव पुकार गौतमले संस्थाको सम्पुर्ण गतिविधिको बारेमा जानकारी गराएका थिए ।
No comments:
Post a Comment