Saturday, March 23, 2013

राष्ट्रिय युवा जनस्वयंसेवकको ‘प्रतिरोध अभियान’ शुरु पोखरा, १० चैत । राष्ट्रिय युवा जनस्वयंसेवकले देशव्यापी अभियानका रुपमा बिहीबारदेखि ‘राष्ट्रिय तथा प्रतिरोध अभियान’ चलाएको छ । ‘राष्ट्रघात, जनघात र सामाजिक बिकृतिको बिरुद्व सशक्त संघर्ष गरौं, राष्ट्रिय जागरण तथा प्रतिरोध अभियान भव्य रुपले सफल पारौं’, भन्ने मूल नाराका साथ युवा जनस्वयंसेवकको राष्ट्रिय अभियान अन्तरगत बिहीबारदेखि पश्चिम र मध्यपश्चिम कमाण्डमा अभियान शुरु गरिएको हो । दाङको तुलसीपुरबाट बिहीबार दुबै कमाण्डको बिधिबत रुपमा अभियानको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थारुवान राज्य समितिका ईञ्चार्ज पूर्णबहादुर घर्तिमगर आयाम, बिशेष अतिथिमा राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रीय अध्यक्ष उदयबहादुर चलाउने दिपक, सेती महाकाली राज्यका ईञ्चार्ज ओम पुन, तमुवान राज्यका सेक्रेटरी यशोदा सुवेदी प्रभा, भेरी कर्णाली राज्यका सेक्रेटरी भरत बम रणबीर, मगरात राज्यका सह–सेक्रेटरी धनेश्वर पोखरेल शिशिर, थारुवान राज्यका सह–सेक्रेरी डायमण्ड लगायतको सहभागिता थियो ।
राष्ट्रिय युवा जनस्वयंसेवकले चलाएको प्रतिरोध अभियान अन्तरगत पश्चिम र मध्यपश्चिम दुबै कमाण्डमा जनसभा गरिनुका साथै सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुति रहेको छ । सामना सांस्कृतिक परिवारको टोलीमध्यबाट पश्चिम कमाण्डमा सुश्मा र झंकार बुढाको नेतृत्व र मध्य पश्चिम कमाण्डमा किशोर बिकको नेतृत्व रहेको राष्ट्रिय युवा जनस्वयंसेवक दलका केन्द्रीय उपाध्यक्ष साबित्रा दुरा आस्थाले बताएकी छिन । अभियान अन्तरगत शुक्रबार पश्चिम कमाण्ड अन्तरगत दाङ जिल्लाको फुलबारीमा र मध्यपश्चिम कमाण्ड अन्तरगत सल्यान जिल्लाको कपुरकोटमा सांस्कृतिक प्रतिरोध अभियान चलाइएको आस्थाले बताएकी छिन । मध्यपश्चिम कमाण्ड अन्तरगत अहिले अभियान मगरात राज्यमा चलेको छ । यो अभियान यस कमाण्ड अन्तरगत मगरात राज्यमा बैशाखको ६ गतेसम्म, बैशाखको ७ देखि २३ गतेसम्म तमुवान राज्यमा र बैशाखको २४ देखि जेठको १ गतेसम्म अबध राज्यमा चल्नेछ । जेठ १ गतेलाई अभियानले बिद्यार्थी दिबसको रुपमा लिएको छ । बिद्यार्थी दिवसको अबसर पारेर मध्यपश्चिम कमाण्डमा जेठको १ गते बुटबलमा सांस्कृतिक कार्यक्रमका साथमा जनसभा गर्दै अभियान सकिने राष्ट्रिय युवा जनस्वयंसेवक दलका केन्द्रीय उपाध्यक्ष आस्थाले जानकारी गराइन ।

No comments:

Post a Comment