
काठमाडौं, चैत ६
ममः नाम सावित्री फूयाँल अस्ती। अहंम कक्षा चतुरम पठामी। अहम गृहम मूलपानी ग्रामे अस्ती ।
यो कुनै संस्कृत विद्यापिठ या आश्रममा पढ्ने विद्यार्थीले दिएको परिचय
हैन, काठमाडौंको मूलपानीस्थित शिक्षालय नेपाल नामक निजी विद्यालयको कक्षा ४
मा पढ्ने सावित्री फूयाँलले सस्कृत कक्षामा संवाददातालाई फर्काएको जवाफ
हो। मौलिक भाषा र संस्कृती जगेर्ना गर्ने उदेश्यकासाथ विद्यालयले कक्षा ३
देखी ५ सम्मको पाठ्यक्रममा संस्कृत विषय राखेर पढाउन थालेको छ। 'बोर्डिङ
भन्नेवित्तीकै अंग्रेजी मात्र ठान्छन,' प्रिन्सिपल प्रदिप खनालले भने,
'पाश्चात्य भाषासंगै संस्कृत भाषाको जानकारी जरुरी ठानेर यसको पढाई सुरु
गरेका हौं।'
विद्यालयले कक्षा ८
सम्म संस्कृत विषय अनिवार्य गराउने बताएको छ। 'कक्षा १ देखि ८ सम्म
अनिवार्य र ९ तथा १० लाई ऐच्छिक बनाउने सोच लिएका छौ,' उनले भने, 'संस्कृत
पढाउन पाउँदा गर्व लागेको छ।'
अंग्रेजी, नेपालीसंगै सस्कृतसमेत पढ्न
पाएकामा विद्यार्थी खुसी छन । 'हामीलाइ संस्कृत पढ्न रमाइलो लाग्छ', कक्षा ४
की माया मगरले भनिन्, 'संस्कृतको पिरियडमा संस्कृतमै कुराकानी गर्छौं।'
संस्कृत पढेर आएपछि घरमा आमा बा पनि खुसी भएको उनले सुनाइन। 'सुरुमा निकै असजिलो लाग्थ्यो,' उनले भनिन, 'अहिले त सजिलो लाग्छ । '
विद्यार्थीको सजिलोका लागि विद्यालयले संस्कृतको नेपाली र अंग्रेजी
अर्थसहित पुस्तक पढाउन थालेको छ। 'यसले विद्यार्थीलाई बुझन सजिलो भएको छ',
खनालले भने, 'उनीहरु आफैं पनि धेरै सिक्न सक्छन।'
संस्कृत पढन थालेपछि
विद्यार्थीको व्यबहारमा सकारात्मक परिवर्तन देखिन थालेको संस्कृत शिक्षक
दिनेश अधिकारीले बताए। 'संस्कृतका नैतिक शिक्षाको कथा पढेसंगै उनीहरुमा
हल्का परिवर्तन देखिएको छ', उनले भने, 'मेलमिलाप र दया-मायाको भाव देखिन
थालेको छ।'
संस्कृत प्रत्येकले जान्नु पर्ने भाषा भएको प्रिन्सिपल
खनालले बताए। स्थानीयले पढन चाहे संस्कृत कक्षा चलाउने विद्यालयले लक्ष्य
लिएको सुनाए। 'यो सवैले जान्नु पर्ने भाषा हो,' उनले भने, 'पढ्ने इच्छा
भएका अन्यका लागि पनि हामीले कक्षा चलाउने सोच बनाएका छौं।'
संस्कृतको
पढाइ सुरु भएसंगै विद्यालयमा गुड मर्निङ सरसंगै शुभ प्रभात गुरु! जस्ता
शव्द सुनिन थालेको छ। 'अंग्रेजीसंगै संस्कृतको गुन्जन निक्कै रमाइलो छ',
खनालले सुनाए, 'विद्यालयमा आधुनिकता र प्राचीनताको गतिलो 'फ्यूजन' देखिएको
छ। '

No comments:
Post a Comment