अमेरिकासँग लड्न उत्तर कोरियाद्वारा सेनालाई ‘हाइ एलर्ट’
चैत्र १३ –
उत्तर कोरियाले अमेरिकाका सैन्य अखडामा आक्रमणका लागि तयार रहन आफनो सेनालाई निर्देशन दिएको छ । उसले आफ्नो लामो दुरिका हातहतियार र रणनीतिक रकेट इकाइलाई पनि तयारी अवस्थामा राखेको उत्तर कोरियाको सरकार नियन्त्रित सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
अमेरिकाको हवाइ, गुआम लगायतका एसिया प्रशान्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमणका लागि सेनालाई तयारी अवस्थामा राखिएको उत्तर कोरियाली समाचार संस्थाले जनाएको छ । समाचारमा दक्षिण कोरियासँग समेत लडाइँ हुन सक्ने भन्दै सेनालाई सचेत रहन निर्देशन दिइएको जनाइएको छ ।
अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य सहयोग सम्बन्धि सम्झौता भएको भोलिपल्ट उत्तर कोरियाले आक्रमणका लागि तयार रहन सेनालाई निर्देशन दिएको हो
No comments:
Post a Comment